हाँस्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’लाई ‘मेरी बाँस्सै’ नामक सिरियलले स्थापित गराइदियो । तर, पछि यी दुई यो सिरियलमा काम गर्दा गर्दै छुट्टएि ।
बजारमा, सिताराम र केदारविच सम्बन्ध विग्रिएको चर्चा पनि चल्यो । यहिविचमा, सिताराम ‘नमुना बस्ती’ निर्माणतर्फ लागेपनि केदार चलचित्रमा अभिनय गर्नतर्फ लागे । तर, अहिले सिताराम र केदारको सम्बन्ध सुमधुर बनेको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको ‘कलाकारका लागि दिवा भोज’ कार्यक्रममा पुगेका सितारामलाई केदारले ५१ हजार नगद हस्तान्तरण गरे ।
अमेरिकामा बस्दै आएका रामबाबु पाण्डेले केदारलाई सितारामले ‘एकिकृत नमुना बस्ती’ निर्माणको समयमा रकम अपुग भएको खबर सुनेपछि पठाइदिएका थिए । तर, सिताराम र केदारको भेट नै भएन ।
सितारामले केदारलाई भेटेरै दिन आग्रह गरेपछि यो पैसा केदारसँगै रहेको थियो । रकम हस्तान्तरण गदर्ैै केदारले सितारामले गर्न लागेका आगामी दिनका काम सफल होस् भनेर शुभकामना दिए ।
यस्तै, सितारामले पनि यो रकम आगामी परियोजनामा खर्च गर्ने बताए । उनले, केदारसँग आफ्नो सम्बन्ध कहिल्यै नविगि्रएको समेत स्पष्ट पारे । onlinekhabar
Comments are closed.