चैत्र १७, एका बिहानै अनलाइन खबर हेरिरहेको थिए | एक्कासी एउटा लेख माथि नजर गयो | ब्रेकिंग न्युजको शिर्षकमा छापिएको खबरले मलाई पनि स्तब्ध बनायो | ३ करोड नेपालीको मन जित्न सफल नेपालका हिरो रबि लामिछाने हामी माझ नरहेको खबर छापिएको थियो | सोचे सच्चाई नै राम्रो मान्छेको उमेर छोटो हुँदो रहेछ | शिर्षक पढ्दा पढ्दै मनमा हरेक राम्रा नराम्रा कुराहरु खेल्न थाले | अनेकौ शंका उपशंकाहरु उकुश मुकुश भएर आए | मेरो मनमा शंकाले डेरा जमायो – कसैले उनको हत्या त गरेन ? सोचे रबि जीले गरेको राम्रो कामले धेरैलाई राम्रो भयो भने कसै न कसैलाई त अवश्य बिझायो नै | स्कुल पढ्दाको सम्झना ताजा भएर आयो – ‘शत्रु’ कथाको झझल्को ठ्याक्कै दिमागमा घुम्न थाल्यो अनि सोचे राम्रो काम गर्दा गर्दै पनि रबि लामिछानेले धेरै शत्रु कमाइ सकेका रहेछन |
सरसर्ती समाचार पढ्न थाले, त्यहाँ यस्तो लेखिएको थियो –
‘देश अहिले रोइरहेको छ, आफ्नो सहयोगी दाताको मृत्युको खबरले देश स्तब्ध भएको छ | जतिबेला मदन भण्डारीको मृत्युको खबरले देश भाब बिह्वाल भएको थियो त्यो भन्दा पनि धेरैको मन आज दुखेको छ |
रबि लामिछाने एक निडर अनि प्रभावशाली पत्रकार थिए | उनमा एउटा यस्तो हिम्मत थियो, आँट थियो अनि केहि गर्छु भन्ने भावना थियो तर आज त्यो सब बेकार भएको छ | किनकि उनि अब हामी माझ रहेनन |
रबि लामिछानेको हामी बीच नरहेको खबर सनसनीपूर्ण फैलिएको छ | अधिराज्यभरि यातायात ठप्प छन् | काठमाडौँ लगायत देशका ठुला साना शहरहरुभरि जुलुस निकाएका छन् | दोषी माथि कडा भन्दा कडा कारबाही गर्नु पर्ने उनीहरुको माग छ |
तीन करोड नेपाली जनताका आमा, बुबा, दाजु, भाइ, दिदि, बहिनि जे भने पनि उनि नै थिए | उनले समस्यामा परेका हरेक नेपालीलाई समाधानको बाटो देखाएका थिए | उनि सबैका आशाका दियो थिए | उनीबाट हरेक नेपालीले आशा अनि भरोशाको अपेक्षा गरेका थिए |
देश रोए पनि कोहि कोहि भने रमाइरहेको आभास हुन्थ्यो | यता सोनीका रोकायाले दिल निशानी मगरसंग रबि लामिछानेको हामी बीच नरहेको बारेमा रमाई रमाई अन्तरबार्ता लिइ रहेकी थिइन | अब रबि रहनु भएन तपाईलाई कस्तो लागि रहेको छ ? भनि प्रश्न गर्दै थिइन् त दिल निशानी मगर हाँसी हाँसी खुशियाली मनाएको भाव प्रकट गरिरहेका थिए | भने उता रत्नपार्कमा ‘मेरो जित भो मेरो जित भो’ भन्दै मुकुन्दे पागल झैँ कराई रहेका थिए |
हप्ताको ३ चोटी प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासंग’ ले रबिलाई शिखरको चुचुरोसम्म पुर्याउन सफल भएको थियो | प्रत्येक कार्यक्रममा लाइभ आउने समस्याहरुलाई समाधानको बाटो देखाउने उनको कार्यक्रमको मूल उद्धेश्य थियो | त्यहि कारणले पनि उनि ३ करोड नेपाली जनतामाझ प्रशिद्ध भएका थिए |
उनले बिदेशमा फसेका नेपाली दाजुभाई तथा दिदीबहिनीको उद्दार गरेनन् कि घुस खाएर देशलाई खोक्रो बनाउने ठुलाबडा भनाउदालाइ नङग्याएनन् | यस्ता यस्तै प्रभावशाली काम गरेर सबैका मनमा बस्न सफल सच्चा इमान्दार पत्रकार रबि लामिछानेको हामी माझ नरहँदा नरुने को होला र ! सानो बच्चादेखि लिएर बृद्ध बृद्धासम्म अनि देशदेखि विदेशसम्मै आशुको भेल बगिरहेको थियो | उनको सम्झनामा म पनि रुन थालेछु, सुक्क… सुक्क… सुक्क !
ओइ ओइ के भयो… ? किन रोएको…?
संगै सुतेको साथीले झक्झकाउदा झल्यास्सै ब्युझिए | छि: कस्तो नराम्रो सपना देखे | यसो घडी हेरेको बिहानको ४ बजे, अप्रिल १ | मनमनै सोचे – आहा सपनाले पनि म संग ‘अप्रिल फुल’ मनाएछ !’
यो समाचारले मलाइ पनि बिहान बिहानै ‘अप्रिल फुल’ मनायो | तपाइँ पनि झुक्किनु भयो होला | आज सबैलाई झुक्याउने दिन अरे नि त ! donnepal.com
Comments are closed.