चैत्र १८,चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा केहि लाइन आफ्नो चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले उजुरी हाले । उनकै उजुरीको आधारमा चलचित्रका निर्माता सुवास गिरी एक दिन हिरासतमा बस्नुपर्यो भने ११ लाख क्षतीपूर्ती पनि तिर्नुपर्यो । शम्भुको यो कदमको चलचित्रकर्मीले चर्को आलोचना गरिरहेका छन् ।
शम्भुसँग निर्माता सुवास गिरीले यो गीत युटुबबाट हटाउने सहमति पनि गरेका थिए । सोही सहमति अनुसार ‘कृ’को सो गीत युटुबबाट हटेको छ । साथमा, हाइलाइट्स नेपालको आधिकारिक युटुब च्यानलमा अपलोड भएको गीतमा ‘उकालीमा अघि अघि’को ठाउँमा ‘ढुकढुकी’ राखिएको छ ।
अल्मोडा राना उप्रेतीले पहिले नै यो गीत तयार पारेका थिए । तर, गीतको विचमा ‘उकालीमा अघि अघि’ राख्ने निर्माता भूवन केसीको प्रस्तावमा केहि शब्द परिवर्तन गरिएको थियो ।
तर, अब ‘ढुकढुकी’ बोल समावेश गर्दै गीत युटुबमा अपलोड गरिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, स्वर र संगीत छ । सविन एकतारेले उनलाई शब्दमा साथ दिएका छन् ।
गीतको नयाँ भिडियोमा पुरानै गीतको भिडियो र केहि तस्बिर समावेश गरिएको छ । गीतको भिडियोमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको छ ।
अनलाइनखबर
Comments are closed, but trackbacks and pingbacks are open.