Nepal's First Video FM

डिपिएल क्रिकेट: पहिलो खेलमा सिवाइसी अत्तरियाको विजयी सुरुवात

630

चैत १८ , कैलाली-धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट खेलमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको लक्ष्य अत्तरियाले मात्र १ विकेट गुमाएर ७ ओभर ३ बलमा भेट्टायो ।

अत्तरियालाई जिताउन गौरब चित्काराले नटआउट ३० र प्रेम तामाङले नटआउट १४ रन बनाए । कप्तान सुवास खकुरेलले १९ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १६ औं ओभरमा मात्र ६१ रनमा अलआउट भयो ।
रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनु बाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदीप ऐरी, सागर पुन र सुसन भारी शुन्यमा आउट भएको खेलमा विक्रम भुसाल र शक्ति गौचनले ८/८, जितेन्द्र मुखियाले ७ र दिपक प्रसादले ५ रन बनाए ।

अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिएपछि रुपन्देहीका ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच खेल हुँदैछ । विराटनगर राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा छ भने महेन्द्रनगरका कप्तान विनोद भण्डारी हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.