Nepal's First Video FM

प्रचण्डलाइ चर्चित गायक बद्रिपंगेनीले यसो भनेपछि ! पढ्नुहोस्

595

१८ चैत । चर्चित गायक बद्री पंगेनीले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताको भावना अनुसार काम गर्न आग्रह गरेका छन् ।

राजधानीको प्रदर्शनि मार्ग स्थित सभागृहमा रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवमा बोल्दै गायक पंगेनीले यस्तो आग्रह गरेका हुन ।

उनले भने,‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ, मैले यहि गीत गाएको थिए, जनताले तपाईलाई विजय गरेका छन्, मैले बाँकि दिनहरुमा अभावका गीहरु, विरहका भाकाहरु, बाटो नपुगेका, जनताले दुःख पाएका गीतहरु गाउन नपरोस, यदि तपाईले काम गर्न र जनताको भावना अनुसार अघि बढ्न सक्नु भएन भने म यति भन्छु वामपन्थीलाई भोट हालेका जनतालाई माक्स किनिदिनु होला मुख छोपेर हिड्ने छौं ।’

जनताले दिएको जनमतको उच्च सम्मान गर्नबाट जोगिनको लागि यतिभित्र पुगेर सचेत गराएका गायक पंगेनीले अथिति रोहमा बसेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै ‘एउटा प्रकाशको दियो निभेपनि लाखौ प्रकाशहरु तपाईकै साथमा छन्’ भनेर गीत गाएका थिए ।

You might also like

Comments are closed.