Nepal's First Video FM

जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान

716

१६ माघ, नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चलाएका छन् ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर मङ्गलबार नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने ९बटुवा०को जुत्तामा पालिस लगाउनुभएको थियो ।

काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.