१६ माघ, नेपाल विद्यार्थी संघले शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । मङ्गलबार विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले शहीदको सम्झनामा नेविसंघले रक्तदान गरेर राम्रो कार्यको थालनी गरेको छ भन्दै मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदको सम्मान गरिएकामा प्रशंसा पनि गर्नुभयो ।
पैँसट्ठी वर्षका व्यक्तिलाई वृद्धभत्ता दिने सरकारको निर्णयको आलोचना भइरहेका बेला उहाँले वार्षिक रु २० अर्ब खर्च हुने ठाउँमा रु ३३ अर्ब खर्च भएपनि आमनागरिकले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
Comments are closed.