Nepal's First Video FM

आस्पतालमै हुन थाले आत्महत्या ! पढ्नुहोस

431

चैत्र १८, वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।

स्रोतका अनुसार भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो। थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्‍याइएको थियो। आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा गएर उनी हाम्फालेका थिए। घटनास्थलमै उनको मृत्यु भएको एक प्रहरी अधिकारीले जनाए।

यही चैत १६ गते पनि जोनले घाँटी सेरिएर आत्महत्याको प्रयास गरेका थिए। ekantipur

You might also like

Comments are closed.