चैत्र १८,रमेश बजगाई । कैलाली क्षेत्र नम्बर- २ का सांसद झपट रावलले क्षेत्र नम्बर २ को विकासका लागी आफुले सक्दो पहल गरिरहेको बताउनु भएको छ ।
हाम्रो मालीका एफ.एम. संग कुराकानी गर्दै रावलले विकास नै आफनो पहिलो प्राथामिकता भएकाले सोही अनुसार काम गरिरहेकाे बताउनु भयाे ।
क्षेत्र नम्बर- १ र २ का जनप्रतीनिधी बिच पनि विकासका लागि सहकार्य गर्ने सहमती भइसकेकाले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ यस बारेमा जानकारी गराएको बताउनु भएको छ ।
काठमाण्डौमा रहेको डेलीगेसन टोलीको नेतृत्व समेत गरीरहनुभएका सांसद रावलले सरकारलाइ ६ बुदे मागपत्र पेश गरीसकेको बताउनु भयो । जस अनुसार खकरौला-टीकापुर- बौनिया हुदै पहाड जोड्ने सेती लोक मार्गको काम चाडो गर्न प्रधानमन्त्रीलाइ आग्रह गरेको बताउनु भयो । अहीले पहाड तिर ट्रयाक खोल्ने काम भइरहेकाले चाडै कामले तिब्रता पाउने बताउनु भयो ।
मागपत्रमा सेती लोकमार्गमा प्रर्याप्त बजेट बिनियोजन गरी द्रुत गतीमा काम गर्न आग्रह गरिएको उहाले बताउनु भयो । यसका साथै खक्रौला भन्सारको स्तरन्नोति, लम्की खक्रौला सडक ६ लेनका रुपमा विकास, कैलालीको चिसापानी देखि अछामको मंगलसेन जोडने सडककालागि बजेट विनियोजन, १० हजार ८ सय मेघावाटको कर्णाली जलविद्युत आयोजनाको निर्माण गर्नुपर्ने लगायतका मागहरु उल्लेख छन ।
Comments are closed.