Nepal's First Video FM

ओलीको विप्लवलाई दिए कडा चेतावनी,यस्तै कमेडी गर्ने हो भने “हरिबंस र मदन कृष्ण”संग भर्ति हुन् जाउ,मलाई वारेन्ट होईन

556

चैत्र १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वृद्धिको यात्रामा अघि बढीसकेकाले विखण्डनकोच्याँखे नथाप्न युरोपियन युनियनलाई दिएका छन् । प्रधानमन्त्री ओलीले पहिलाको नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता रहेकाले विभिन्न बहानामा च्याँखे थाप्ने काम नगर्न युरोपियन युनियनलाई चेतावनी दिए ।

नेपालमा साम्प्रदायिकता भड्काई शान्ति कायम हुन नदिनका लागि चलखेल भईरहेको भन्दै च्याँखे थाप्ने काम बन्द गर्न उनले चेतावनी दिएका हुन् । उनले भने “हिजो ठिक थियो । जुहाडेहरु बसेको खालमा च्याँखे राख्छन्, त्यो खुद्राहरुले । माओवादीले जनयुद्ध भनेको थियो अर्कोले के भनेको थियो । त्यस्तोमा दुईतिरबाट अलिकति खाल चलेका बेला च्याँखे राख्नु स्वभाविक थियो । खाल उठिसक्यो अब, फेरि पनि च्याँखेहरु खुत्रु खुत्रु । दुई तिरबाट खेल नभएपछि, खाल नभएपछि, च्याँखेको खेल हुदैन के, त्यसकारण च्याँखेहरुलाई म भन्न चाहन्छु यो बन्द गर अब ।”

त्यसैगरी उनले नेपाल कम्युनिष्ट पाटी माओवादीका नेता नेत्र विक्रम चन्द विप्लबलाई मजाकको राजनीति गरेर मुलुकको शान्ति नबिथोल्न सुझाव दिएका छन् । उनले भने “सुतली बम सिद्धान्त हुन्छ ? चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ? केटा केटी खेल नगर्न विप्लब समुह, कि के भन्ने छ नि ? त्यस्लाई भन्न चाहन्छु । केपी ओलीलाई वारेन्ट गर्ने ? प्रचण्डलाई वारेन्ट ? कुन्नी कुन गाउँमा आउनु । सात दिन भित्र हाजिर हुन । म विप्लबलाई यस प्रकारको राजनीतिक मजाक नगर्न सुझाव दिन चाहन्छु । अलि बढ्ता भयो के । ”

प्रधानमन्त्री ओलीले विकासमा व्यवधान पुर्याउने भ्रष्टाचार सरकारलाई स्वीकार्य नहुने बताए । सरकारको निर्दिष्ट लक्ष्य र गन्तव्य रहेको भन्दै उनले गन्तव्यसम्म पुग्नका लागि आवश्यक स्रोत र साधन तथा माध्यम सरकार स्वयमले तय गर्ने स्पष्ट पारे ।

उनले बामपन्थी गठबन्धनको सरकार बनाउन ढिला गरिएछ भन्ने मानसिकता सबैमा विकास गर्ने अवस्था श्रृजना गर्ने उद्घोष समेत गरे । संघर्षको मैदानबाट तानाशाहलाई पराजित गरेर आएकाले लोकतन्त्र आफुहरुको आर्दश भएको उल्लेख गर्दै उनले जनतालाई आदर्श र अधिकार सहितको लोकतन्त्रको प्रत्याभुत गराउन आश्वस्त तुल्याए ।

You might also like

Comments are closed.