चैत्र १९,भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण चर्चामा आएका हुन् । कपिल शर्माको कमेडी नाइट विथ कपिल विबादका कारण बन्द भएपछि उनी लामो समय फ्रस्टेनको शिकार बन्न पुगेका थिए ।
हालैमात्र संचालनमा आएको कार्यक्रम ‘फेमिली टाइम विथ कपिल शर्मा’मा पनि चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर आँफै अनुपस्थित बनेपछि उनी फेरी आलोचीत बनेका छन् । चलचित्र ‘हिच्कि’ को प्रोमोसनका लागि उक्त शोमा पुगेकी थिइन् ।कार्यक्रममा पाहुना बोलाएर घण्टौँ कुराउनेदेखि स्वमय् आफैं कार्यक्रममा अनुपस्थित रहँदै आएका कपिल शर्माले फेरी पुरानै शैली दोहोर्याइएका हुन् ।
उनको प्रोडक्सन हाउसलाई करिब ३० लाख घाटा पुगेको दाबी गरिएको छ भने कपिल अहिलेसम्म पनि नसुध्रिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कपिलको यसै बानिले गर्दा उनको नया शो पनि बन्द नहोला भन्न सस्किन्न भनेर विभिन्न भारतीय मीडियाहरुले अड्कल काटेका छन् । न्युज २४
Comments are closed.