लन्डन — डेल अलिले दोस्रो हाफको चार मिनेटमा दुई गोल गरेपछि टोटनहमले आइतबार राति चेल्सीलाई ३–१ ले हराएको छ । टोटनहमले स्टायनफोर्ड ब्रिजमा चेल्सीलाई हराएको यो प्रिमियर लिगमा २८ वर्षयता पहिलो हो ।
हारपछि चेल्सीको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ। टोटनहमले चौथो स्थानमा चेल्सीमाथि आठ अंकको अग्रता लिएको छ।
लन्डन प्रतिद्वन्द्वीमाथि प्राप्त यस जितले प्रशिक्षक मोउरिसो पोचेटिनोको नेतृत्वमा टोटनहमले हात पारेको प्रगति पनि प्रस्ट भएको छ। यसक्रममा टोटनहमले अर्को सिजन लगातार तेस्रो पल्ट च्याम्पियन्स लिग खेल्ने तय जस्तै भएको छ।
टोटनहमले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हुँदा यो जित अझ महत्त्वपूर्ण रह्यो। कप्तान ह्युगो लोलेसको भुलमा एलभारो मोराटाले चेल्सीका लागि पहिलो गोल गरे।
पहिलो हाफको अन्त्यतिर क्रिस्टियना एरिक्सनको सुन्दर गोलपछि खेल बराबरीमा रह्यो। त्यसयता अलि खेलको केन्द्रमा रहेर दुई गोल गरे। लिगमा यसअघि आर्सनलले स्टोक सिटीलाई ३–० ले हराएको थियो। ekantipur
Comments are closed.