Nepal's First Video FM

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको ५ दिने दोहोरी प्रतियोगिताबाट कसले -कसले मारे बाजी?पढ्नुहोस

558

५ दिन सम्म लगातार चलिरहेको अर्ना चौथो दोहोरी प्रतियोगिता सम्पन्न भएको छ।काठमाण्डौको भृकुटीमण्डपमा सम्पन्न उक्त कार्यक्रममा हजारौ दर्शक र सैयौ कलाकारहरुको उपस्थित रहेको थियो।उक्त कार्यक्रममा बिभिन्न विधाबाट दोहोरी प्रतियोगितामा भाग लिने कलाकारलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा अर्ना दोहोरी गीत प्रतियोगीताको उपाधि नगरकोट दोहोरी साँझले जितेको बाजी मारेको हो।प्रतियोगीतातिर धेरै चर्चामा रहेकी गायिका तथा प्रतियोगी डिला वि.क. र राजु केसीको टिमले उक्त कार्यक्रममा प्रथम पुरस्कार हासिल गरेका थिए।
प्रतियोगीतामा बविता बानियाँ (जेरी) र अर्जुन खड्का रहेको गामबेशी दोहोरी साँझ द्धितीय भएको छ भने पृथ्वी ईन्टरटेनमेन्ट तृतीय भएको छ । सो समूहमा रविन लामिछाने र शोभा कार्की रहेका थिए । प्रतियोगीताको तेस्रो संस्करणमा उपाधि चुमेका रविन लामिछानेको समूह यो बर्ष तृतीय स्थानमा खुम्चन पुग्यो । उद्यपी, रविन उत्कृष्ट दोहोरी गायक भए । प्रतियोगीतामा भिम पौडेल र मिना बुढाथोकी रहेको राजधानी दोहोरी साँझ सान्त्वना भएको छ । रविन संगै प्रकाश पराजुली पनि उत्कृष्ट दोहोरी गायक घोषित भए भने मिना बुढाथोकी र कल्पना दाहाल उत्कृष्ट दोहोरी गायिका घोषित भए ।

अनुसाशित समूह लोक दोहोरी गीत प्रतिष्ठान काठमाण्डौ जिल्ला शाखा घोषित भयो । चैत्र १३ देखि १७ सम्म चलेको प्रतियोगीतामा ४० टीमको सहभागीता रहेको थियो । अघिल्लो बर्षसम्म अन्तरदोहोरी साँझ चलेको प्रतियोगीता यो बर्ष देखि खुला गरिएको थियो । तेस्रो संस्करणमा ३२ वटा दोहोरी साँझले प्रतियोगीतामा भाग लिएका थिए ।

प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एक लाख ५१ हजार एक सय र शिल्ड, एक लाख एक हजार एक सय , ५७ हजार ७ सय ७७ र २७ हजार ७ सय ७७ नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट दोहोरी गायकगायिकालाई प्रतिव्यक्ति ९९९९ रुपैयाको साथमा प्रमाणपत्र र अनुशासित समूहलाई नगद १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगीता भव्य रुपमा सफल भएको प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्माले बताए । प्रतियोगीताको जुरी निर्णायक वरिष्ठ लोक गायक नारायण रायमाझी रहेका थिए ।

You might also like

Comments are closed.