चैत १९, फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर युट्युब ट्रेन्डिङ नम्वर एकमा आएको छ । चर्चित नायिका केकी अधिकारीले निर्माण गरेको फिल्मको ट्रेलर रिलिज गरिएको ४ दिनमा को पहिलो स्थानमा आएको हो ।
ट्रेलरमा सोमबार बिहानसम्म ३ लाख ९९ हजार बढीले हेरेका छन् । चलचित्रको कोरियोग्राफीमा गम्भीर विस्ट र विशाल भण्डारीको निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’ मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्माको मुख्य भूमिका रहेको छ ।
यस्तै बुद्धि तामाङ, विनोद न्यौपाने र बाल कलाकार कुशाग्र भट्टराईको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा अर्जुन तिवारीको छायाँकन, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ भने सुगम पोखरेल, अन्जु पन्त, मेलिना राई लागायतको स्वर रहेको छ ।
केहि महिना अगाडी पहिलो पटक सार्वजनिक भएको पहिलो गीत ‘सिओडब्लु काउ…’ बोलको गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जितेको थियो । आउदो बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने कोहलपुर एक्सप्रेसको प्रोमोशनमा केकी जोडतोडले लागि रहेकी छन् । पहिलो पटक फिल्म निर्माणमा लागेकी केकीको यो फिल्म हिट हुनुपर्ने चुनौती छ ।
Comments are closed, but trackbacks and pingbacks are open.