Nepal's First Video FM

प्रधानसेनापति क्षत्री सुडान जादै, नेपाली शान्ति मिसनको निरीक्षण गर्ने !

422

चैत १९, प्रधानसेनापति राजेन्द्र क्षत्री आज कंगो र सुडानमा रहेको नेपाली शान्ति मिसनको निरीक्षण भ्रमणमा जादै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको कङ्गो स्थित मोन्सुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको यहि चैत्र २० देखि २२ गते सम्म हुने निरिक्षण भ्रमणको लागि प्रधानसेनापति क्षेत्री आज कङ्गोतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

कङ्गोमा उहाँले भोलि देखि २२ गतेसम्म निरिक्षण भ्रमण गर्नुहुनेछ । यस्तो कंगोको निरिक्षणपछि क्षत्रीले चैत २३ देखि २६ गतेसम्म दक्षिण सुडानस्थित नेपाली शान्ति मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुको साथै सकलदर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

४ सदस्यीय भ्रमण टोलीमा सैनिक आर्थिक प्रशासन विभाग प्रमुख लेखा उपरथी भुवन बहादुर अधिकारी तथा अन्य अधिकृतहरु रहने भएका छन् । भ्रमणको अवधिसम्मका लागि बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । यहि चैत्र २७ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

You might also like

Comments are closed.