Nepal's First Video FM

डिपिएल क्रिकेट: टिम चौराह तीन विकेटले विजयी

649

चैत १९, धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । सोमबार भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो ।

टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १ सय ५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो ।

टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए ।

बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे ।

विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३/१३ रन बनाए । बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक/एक विकेट लिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.