चैत १९, राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका स्ट्राइकर जुमानु राई संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ मिसनका लागि हाइटी जाने भएका छन् । एक वर्षे मिसनका लागि जुमानु राई सोमबार राति हाइटी प्रस्थान गर्दैछन् ।
नेपालका लागि ५४ अन्तर्रा्ष्ट्रिय खेल खेलिसकेका जुमानु राईले ११ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । एक बर्षे मिसनबाट नेपाल फर्किएपछि पनि फुटबललाई निरन्तरता दिने सोच रहेको जुमानुले बताएका छन् ।
उनले अहिले दोस्रो श्रेणीको प्रशिक्षक प्रशिक्षण उत्तीर्ण गरिसकेका छन् । नेपाल पुलिस क्लबलाई नै केही योगदान दिने सोच रहेको उनले बताएका छन् ।
Comments are closed.