Nepal's First Video FM

अब आगो नबलेको चुलोमा पनि आगो बल्ने : प्रधानमन्त्री ओली (भिडियोसहित)

659

चैत १९, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच समाजवाद उन्मुख अर्थतन्त्रको विकासको लक्ष्य सहित तुरुन्तै पार्टी एकता हुने बताएका छन् ।

ओलीले पार्टी एकताका विषयमा आएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । उनले उपयुक्त ढंगले उपयुक्त समयमा पार्टी एक भएरै छाड्ने बताए ।

काठमाडौंमा एमाले केन्द्रिय प्रचार विभागले गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारीता पुरस्कार तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ओलीले उनले लोकतन्त्रका र जनताका लागि समाजवाद उन्मुख भएर जान पार्टी एक हुनुको विकल्प नभएको बताए ।

गरिबिको रेखामुखी ३६ प्रतिशत जनता रहेको र त्यसलाई शुन्य प्रतिशतमा झार्ने आफुहरुको प्रतिवद्धता रहेको बताए । उनले आफुहरुले समाजवादको कुरा गर्दा केही ब्यक्ति आत्तिने गरेको बताए ।

‘हामी कानुनको राज, शुसासनका लागि हौं, हामी समाजवाद उन्मुख सामाजिक न्यायका लागि हो, न्यायोचित बितरणका लागि हामी अगाडी बढ्छौं, यहि हो समाजवाद उन्मुख भनेको, उनले भने यसैमा किन आत्तिन्छन् केही मैले बुझेको छैन, कसैको खोस्ने होइन ।’

चुलो बलेकाको हामीले खोस्ने होइन आगो नबलेको चुलोमा पनि आगो बाल्ने हो । यसमा कोही आत्तिन नपर्ने उनको भनाई छ । कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि ५० हजार ५ सय ५५ रहेको छ । यस वर्षको सो पुरस्कारको राशिको सौजन्य एमाले निकट प्रवासी नेपाली मञ्च, कतारले गरेको हो । पुरस्कारका लागि विभागले १० लाखको अक्षयकोष खडा गरेको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुन् ।

कोइरालाले प्राप्त गरेको पुरस्कारको राशि द्वन्द्वकालमा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनले पत्रकारिता पेशा विश्वमै महत्वपूर्ण र शक्तिशाली पेशा भएको उल्लेख गरे ।

एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले भण्डारीको व्यक्तित्व र जबजलाई प्रवद्र्धन गर्न पुरस्कारको स्थापना गरिएको र अक्षयकोषमा पार्टीका सदस्यबाहेक अन्य व्यक्तिको सहयोग नदिने नीति रहेको बताए ।

एमाले केन्द्रीय सदस्य एवं विभागका उपप्रमुख सूर्य थापाले कोइराला तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको छोरा भएता पनि लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा लागेवापत पिता प्रधानमन्त्री भएकै बेला पक्राउ परेको र हालसम्म निरन्तर वाम आन्दोलन र लेखनमा रहेको बताए ।

साभार लाइट नेपाल 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.