Nepal's First Video FM

प्रधनमन्त्री ओलीसँग भारत भ्रमणमा जाने भए यी नेपाली कलाकारहरु !

635

चैत्र १८,केही दिन अगाडि राजधानीमा आयोजित “दोस्रो फान अवार्ड” मा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने उद्घोष गरेका थिए ।

यसै कुरालाई साचो बनाउदै चैत २३ गते भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । ति हुन् अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई प्रधानमन्त्री ओलीले आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका छन् । यो जानकारी प्रधानमन्त्री कार्यालय बालुवाटारबाट औपचारिक पुष्टि भएको छ ।

उनले बलिउडमा नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेका हुन् ।

ओलीको भ्रमण चैत २३, २४ र २५ गते हुने जनाएको छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ । dcnepal

You might also like

Comments are closed.