मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी विवाद बढ्नेछ ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । घरमा अतिथिको आगमन हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बोलीको प्रभाब बढ्नेछ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक कार्यमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला ।
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । धार्मिक यात्राको योगछ ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या देखिएला । – ज्यो.प. नारायणप्रसाद दुलाल
Hamro Patro
Comments are closed.