चैत २० पुर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले सरकार आउँने जाने भईरहेको छ र भईरहन्छन पनी । तर सरकार परिवर्तन भईरहे पनी हामी सवै राजनितिक दलहरु, जनताहरु, राष्ट्रसेवक कर्मचारी सवै मिलेर देशलाई समृद्ध बनाउँनुको विकल्प नरहेको बताएका छन्, ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै रायमाझीले सिंहदरवारको अधिकार गाउँगाउँमा आएको बताउँदै अव गाउँमा राम्रो स्वास्थ्य, शिक्षा, यातायात, प्रशस्त खानेपानी लगाएत गाउँलाई समृद्ध बनाउँन आवश्यक पर्ने विकास निमार्णका योजनाहरु अगाडी ल्याउँन लागीपर्ने बताउँदै स्थानिय सरकार अन्र्तगतका वडाहरुमा आवश्यक पर्ने पुर्वाधार निमार्णमा ध्यान जाने बताएका छन्, ।
अर्घाखाँची प्रतिनिधी सभाका सासंद समेत रहेका रायमाझीले केन्द्र, प्रदेश, स्थानिय तह र जनतासँग समन्वय गरेर मात्रै विकासका कामहरु अगाडी बढाउँने बताए । सरकार अव शुसासन, शान्ती र समृद्धीको अभियानमा अगाडी बढेको बताउँदै ठेकेदारले जिम्मा लिएका काम छिटो गनुपर्छ, अन्यथा हामी अव काम राम्रो नगर्नेलाई कार्वाही गर्छौ रायमाझीले भने ।
Comments are closed.