चैत २०, दैलेखको आठबीस नगरपालिका वडा नम्बर ८ तिलेपाटाको पातलखोलामा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।राकमबजारबाट सिमेन्ट, कर्कटपातालगायतका निर्माण सामग्री लिएर छेपाडी जाँदै गरेको भे १ च २१४८ नम्बरको जीप सडकबाट करिब ५५ मिटर तल खसेको प्र्रहरी चौकी तिलेपाटाका प्रहरी हवल्दार खडक खत्रीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा आठबीस नगरपालिका वडा नम्बर – ९ का वडाध्यक्ष धनबहादुर सिजापती, ९ कै बासिन्दा लालबहादुर बडुवाल, वडा नम्बर – ८ का सूर्यबहादुर सिजापती, नविन बडुवाल र गाडी चालक लालबहादुर कठायत घाइते हुनुभएको छ ।
घाइतेहरुलाई राकमबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै सुर्खेत लगिएको छ । वडाध्यक्ष सिजापतीलाई बढी चोट लागेको बताइएको छ ।
उज्यालाे अनलाइनबाट
Comments are closed.