चैत २०, सिन्धुलीको हरिहरपुरगढीस्थित कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । गएराति १ बजेतिर विस्फोट र आगजनी भएको हो । आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको प्रारम्भिक जानकारी आएको एसपी टिकाबहादुर केसीले जानकारी दिए ।
आगजनी र विस्फोट गराउने समूहको पहिचान भएको छैन । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । धरान-चतरा सडकखण्ड निर्माण कार्यमा कालिका कन्स्ट्रक्सन संलग्न थियो । क्याम्पमा तारबार गरिएको थिएन ।
विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको अनुमान गरिएको छ । क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
अनलाइनखबर बाट
Comments are closed.