Nepal's First Video FM

शंकर बिसीले हाले मानहानीको मुद्दा ! को को परे? पढ्नुहोस

611

चैत्र २०,काठमाडौँ – पछिल्लो समयमा सामाजिक संजालमा ब्यापक भाइरल बनाइयको एउटा बिषय हो कलाकार शंकर बिसिको ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा रास्ट्रीय अर्ना दोहोरि रनिंग शिल्ड प्रतियोगिता भइरहदा उठेको बिबाद त सबैलाई अबगत्नै छ । सोहि भिडियो भाइरल भय लगत्तै शंकरलाइ देश तथा बिदेश बाट ब्यापक गाली आयो धेरैले शंकर बिसिको अहमता भन्दै जातलाई छोयर कमेन्ट गरे, यति सम्मकि कुनै कुनै कमेन्ट त हेर्न लायक रहे न सुन लायक ।

केहिदिन अगाडी रमाइलो छ मार्फत पत्रकार उत्सब रसाइलीले संगको कुराकानीमा शंकरले जातीय कमेन्ट आउदा आत्महत्या गरुकी भन्ने सोच समेत आयो भनेर भने यहि बाट थाहा हुन्छकी उनीमाथि कति सम्म पिडा भयो भन्ने कुराको ।

शंकर बिसीले भनेकी जातीय कमेन्ट जोडेर गाली गर्नु भनेको मलाइ मात्र होइन ६५ लाख दलितलाई गाली गर्नु हो भने ।

भखरै शंकर बिसी लगायत बिभिन्न दलीत सहयोगी संघ सस्था सहितको टोलीले महानगरीय अपराध महासाखा टेकुमा मुद्दा दर्ता गरेका छन् ।

अब जतिले पनि जातीय बिबेद जोडेर गाली गर्दै कमेन्ट गरे उनीहरुले सोच्ने बेला आयको छ के हो मानहानी ? के हो जातीय मुद्दा ?

तपाइको बिचार कमेन्टमा थप्नुहोस …

समाजसेबी सरु सुनारको स्टाटस …

कलाकार शंकर बिसिको ब्यक्तिगत झगडामा सिङ्गो दलित समुदायलाई लक्ष्यित गरि जातीय गाली गर्ने विरुद्ध साइबर क्राइम गरियो —-

महानगरीय अपराध महासाखामा ( जातीय विभेद ) का गालि गलौज गर्नेहरु अब हाम्रो भेट यतै हुन्छ है छिटै , कसैलाई रिस उठे गाली गर्नु तर गालिमा किन सिङ्गो दलित समुदायलाई गाली र जातीय विभेद गर्नु ?? गाली गर्न अरु कुनै शब्द छैन , कामी , सानोजात भन्छौं ?? हिजोको जस्तो दलित समुदायलाई वारिको पल्लो कुनामा जुठो भात दिनि र खान बाद्य पार्ने हामी दलित समुदाय होईन अब एक एक बिभेदको विरुद्ध लडिन्छ चाहे यो ज्यान जान किन नपरोस् ,,,, ।।।। आब भने प्रहरीले छानबिन गर्न सुरु गरेको जानकारी प्राप्त भएको छ । को को परे भने अब छिट्टै थाह होला !

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.