चैत २०, नायिका बेनिशा हमालले फिल्म ‘ब्लाइन्ड रक्स’मार्फत धेरै भन्दा धेरै दर्शकको मन जित्न सफल भएकी छन् । यस भन्दा अघि ‘स्वर’, ‘मोक्ष’ र ‘झ्यानाकुटि’ जस्ता चलचित्रमा अभिनय गरेपनि व्यवसायिक रुपमा सफलता पाउन नसक्दा बेनिशाको करिअरले गति लिन सकेन । तर, फिल्ममा भन्दा उनी म्युजिक भिडियोमै जमिरहिन् । दृष्टिविहिन सृष्टि केसीको वास्तविक जीवनमा आधारित बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ मा नायिका हमालको मुख्य भूमिका रहेको छ । फागुन १८, (मार्च २) बाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ब्लाइन्ड रक्स’ हेरेपछि बेनिशाको अभिनयको तारिफ र कामको प्रशंसा भने सबैले गरे । प्रस्तुत छ कार्यक्रम ‘सिटिजन सिनेमा’मा नायिका बेनिशा हमालसँग गरिएका कुराकानी :-
‘ब्लाइन्ड रक्स’ चलचित्रमा बेनिशालाई नै निर्माण पक्षले अफर गर्नुको कारण के थियो ?
‘ब्लाइन्ड रक्स’ भन्दा पहिला चाहिँ निर्देशक मिलन सरसंग अर्को प्रोजेक्टको तयारी थियो । कारणबस त्यो प्रोजेक्ट रोकियो । तर, उहासँग २ वटा ‘ब्लाइन्ड रक्स’ संगै अर्को प्रोजेक्ट पनि थियो र मलाई २ मध्ये छान्न लगाउनुभयो, किनकी दूईवटै फिल्ममा खेल्न राम्रो अनि चान्स पनि थिएन ।
‘ब्लाइन्ड रक्स’ चलचित्र कस्तो खालको चलचित्र हो ?
‘ब्लाइन्ड रक्स’ बायोपिक चलचित्र हो । यसमा दृष्टिविहिन सृष्टि केसीको वास्तविक जीवनलाई देखाएको छ ।
फिल्ममा सृष्टि जस्तो बन्न बेनिशालाई कतिको समय लाग्यो ?
एकदम धेरै समय लाग्यो किनकी बायोपिक फिल्म जुन कथावस्तु रियल क्यारेक्टर थियो र थुप्रै च्यालेन्जेजसंगै प्रेसर पनि थियो । एक जनाको कथा छ र त्यसलाई राम्रो भूमिका निर्वाह गर्न सकेन भने त्यो विषयवस्तु अथवा कथाको मर्म नै मर्छ । गर्न सक्छु भन्ने चिजहरु पनि सुटिङ्गको बिचबिचमा आएको प्रेसरले आफूभित्र भएको कन्फीडेन्ट पनि डाउन गर्दिने किसिमको कुराहरु पनि भए । तर, यी सबै चिजहरुलाई पछाडी राखेर ४ महिना सृष्टिसंग बसेर काम गरे । लाग्छ अहिले आएर यी कुराहरुले नै जस्तो खालको आशा गरिएको थियो त्यो भन्दा बढी सफलता पाए ।
अब डर छैन बेनिशालाई सृष्टि भनेर पो बोलाउने होकी ?
डर भन्दा पनि प्रेसर चाहिँ छ । अब मैले गर्ने फिल्महरु जस्तै झ्यानाकुटीमा फरक रोल थियो र यसमा पनि फरक क्यारेक्टर छ, अब आउने फिल्महरुमा कस्तो क्यारेक्टरलाई लिने, कस्तो प्रोजेक्ट गर्ने, यति धेरै आइराछ की म आफै कन्फ्युजमा छु । मेरा दर्शक श्रोताले पनि एसएमएस पठाउनुहुन्छ तपाईबाट फरक धारको फिल्मको आशा गरेका छौ ।
भनेपछि अब कस्तो खालको क्यारेक्टर गर्ने सोचमा हुनुहुन्छ ?
धेरै छन् जसमा एक्सन फिल्म, समलिंगीको क्यारेक्टर गर्न मन छ ।
थप कुरा थाहा पाउन तलको भिडियो पुरा हेर्नुहोस्
Comments are closed.