चैत्र २०,यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार डिभिजनका प्रवन्धक सञ्जय कुमार साहका अनुसार, दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेकी अछामकी प्रिन्सी धामी र बंगलादेशमा उपचार गराइरहेका शाहीन बेपारीको उपचारका क्रममा निधन भएको छ ।
उनी घटना भएको एक सातापछी थप उपचारकालागि ढाका फर्किएका थिए । यस घटनामा परी घाइते भएका दुई बंगलादेशीसहित एक नेपाली हाल सिंगापुरमा उपचार गराइरहेका छन् ।
प्रवन्धक साहका अनुसार, राजधानीका विभिन्न अस्पतालमा उपचारकालागि भर्ना गरिएका २० घाइतेमध्ये हाल एक जना नेपाली मात्रै मेडिसीटीमा उपचार गराइरहेका छन् । बंगलादेशी पत्रिका द डेली स्टारका अनुसार, यस घटनामा पाइलट पति आबिद सुल्तानको निधन भएको १० औं दिनमा उनकी पत्नी अफ्सनाको पनि निधन भएको थियो । पतीको काठमाडौंमा निधन भएको खबरपछी अफसनालाई बंगलादेशमै ब्रेन स्ट्रक भएको थियो ।
उपचारकै क्रममा अफ्सनाको निधन भएको डेली स्टारले लेखेको छ । फागुन २८ गते ६७ जना यात्रुसहित ७१ जना सवार बंगलादेशी विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । त्यस्मा ४९ को मृत्यु भएको थियो । विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक तथा चालकदलका चार जना थिए । ekantipur
Comments are closed.