Nepal's First Video FM

Breaking news- सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

643

चैत्र २०,भारतको उत्तराखण्ड राज्यको केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर केही समयअघि दुर्घटनाग्रस्त भएको छ ।

निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीबाट केदारनाथ जानेक्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा हेलिकोप्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा कोहीपनि घाइते नभएको भारतीय संचारमाध्यमले जनाएका छन्।

दुर्घटनाको कारण भने अझै खुलेको छैन। सन २०१३ को बाढीपहिरोले क्षतिग्रस्त केदारनाथ क्षेत्रमा निर्माणका लागि भारतीय सेनाले सघाउदै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय केदारनाथको जिर्णोदारमा विशेष चासो राख्दै आएका छन।
ramechhapkhabar बाट साभार

You might also like

Comments are closed.