चैत २०, चर्चित गायक शिव परियारले नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत गाइसकेका छन् । यहि बर्ष मात्रै ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जस्ता उनको हिट गित बजारमा आइसकेको छ ।
शिवको एघारौ एल्बम शिवालयमा समाबेश ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’ बोलको गीतमा चर्चित नायिका प्रियंका कार्की र बिशाल लामाको फिचारिंग रहेको छ ।
आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतमा पेय पदार्थ र माया प्रेमको प्रसंगलाई जोडी पछिल्लो समयका युवा पुस्ताको भावलाई समेटिएको छ ।
गीतको कोरियोग्राफर राजिव समरले गरेका हुन् भने निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई विकास धमलाले सम्पादन गरेका हुन ।
गायक भन्छन्-मेरा अरु गीतहरु जस्तै ‘मात नलाग्ने रक्सि र हात नलाग्ने माया’लाई पनि दर्शक श्रोताले अत्याधिक मन पाराईदिनुहुन्छ ।
Comments are closed, but trackbacks and pingbacks are open.