Nepal's First Video FM

गायिका जलजला परियारको मृगौलाको सफल प्रत्यारोपण, आफ्नै आमाले दिईन मृगौला

545

चैत २०, सुमधुर स्वरकी धनि गायिका जलजला परियारको सफलतापुर्वक मृगौला प्रत्यारोपण भएको छ । उनलाई आमा जुना परियारले मृगौला दिएकी हुन् । लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी परियारको दुबै मृगौलामा फेल भएको थियो ।

गायिका जलजला परियारको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा हिजो सोमबार अप्रेसन भएको थियो । जलजला नेपाली तारा सिजन-३ का प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारमा लाग्ने आर्थिक सहयोगको अपिल समेत गरेकोप थियो ।

जुन अभियानमा बिनिन्न संघ सस्था, व्यक्तिगत सहयोग र थुप्रै कलाकारहरु देखि देश तथा बिदेशमा रहेको लाखौ नेपालीमनहरुले सहयोग रकम जुटाई परियारका परिवारलाई आर्थिक सहयोग गरेका थिए ।

शल्यक्रियापछि अहिले आमा, छोरी दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जलजलाको सफल उपचार पछी उनका बुबा नारायण परियारले सामाजिक संजाल फेसबुकबाट आफ्नो जीवनको निकै खुसीको दिन भएको कुरा व्यक्त गरेका छन ।

आफ्नो सहयोगी हातमा साथ दिने सबै सहयोगी मन र मृगौला दिएर छोरीलाई नया जीवन दिनुहुने आमा जुनु परियारलाई यो महान कार्यको लागि धेरै भन्दा धेरै धन्यवाद, साथै छोरीको सफल उपचार गर्ने एपोलो अस्पतालका डाक्टर सन्दिप गुलरिया लगायत को टीम लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.