Nepal's First Video FM

मदनकृष्ण श्रेष्ठले गरे आफ्नो पत्नी यसोदालाई यसरी गरे बिदाई ! हेर्नुहोस (भिडीयोसहित)

485

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी (श्रेष्ठ) को अन्तिम संस्कार गरिएको छ । लामो समयदेखि क्यान्सर पीडित ६७ वर्षीया यशोदाको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा सोमबार राति निधन भएको थियो ।

यशोदाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिएपछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए ।

पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्कानिएका श्रेष्ठलाई सहकर्मी कलाकार हरिवंश आचार्यले सम्हाल्दै चिताको परिक्रमा गराएका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिएका थिए । यशोदाको अन्तिम संस्कारमा पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।

You might also like

Comments are closed.