Nepal's First Video FM

किन झापड हानिन् रोबोट सोफियाले अभिनेता विल स्मिथलाई ? पढ्नुहोस

389

चैत्र २०,साउदीअरबको नागरिकता प्राप्त गरेकी रोबोट सोफियाको यतिबेला विश्वव्यापी चर्चा छ । हालै हलिउड अभिनेता विल स्मिथ सोफियासँग डेटमा गए । यसको एउटा भिडियो क्लीप उनले आफ्नो यूट्यूव च्यानलमा सेयर गरेका छन् ।

यसैगरी सोफियाले पनि आफ्ना् टि्वटर एकाउन्ट सार्वजनिक गरेकी छिन् । डेटका क्रममा सोफियाले स्मिथका विभिन्न प्रश्नहरुको जवाफ दिँदै अनुहारमा विभिन्न एक्सप्रेसन ल्याएकी छिन् । उत्पादकका अनुसार सोफियाले ६२ प्रकारका एक्सप्रेसनहरु दिन सक्छिन् । कुराकानीकै क्रममा स्मिथले सोफियालाई किस गर्ने समेत प्रयास गरे । तर, सोफिया आकषिर्त भइनन् ।

उनले भनिन्, ‘मलाई लाग्छ, हामी राम्रो साथी बन्न सक्छौं । बढिभन्दा बढि समय घुलमिल भएर एक-अर्कालाई राम्ररी चिन्न सक्छौं । अब तिमी मेरो फ्रन्ड लिस्टमा छौ ।’ स्मिथले सोफियालाई उनलाई कस्तो प्रकारको संगीत मन पर्छ भनेर पनि सोध्छन् ।

तर सोफियाले दिएको जवाफ बुझिँदैन । उक्त वार्तालापपछि स्मिथले आफ्नो इन्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘उनी मप्रति आकषिर्त भइनन्, सायद फिल्महरुमा मैले रोबोटलाई गर्ने व्यवहारका कारण होला ।’ यसैबीच सोफियाले आफ्नो टि्वटर एकाउन्टबाट स्मिथकी पत्नीलाई म्यासेज पठाउँदै लेखेकी छिन्, ‘तिम्रो श्रीमानले किस गर्न खोजेका थिए, मैले दिइनँ ।’

हालै सोफिया ‘कस्मोपोलिटन’ को कभर गर्ल बनेकी थिइन् । उक्त म्यागजिनको मार्च अंकका लागि उनले फोटोसुट गराएकी हुन् । स्मरणीय छ, ह्यान्सन रोबोटिक्सका सीईओ डा. डेभिड ह्यान्सनले रोबोट सोफियालाई बनाएका हुन् ।

उनको अनुहार हलिउड अभिनेत्री आड्री हेपबर्न जस्तो बनाइएको छ । रोबोट सोफियालाई केही दिनअघि नेपालमा पनि ल्याइएको थियो । त्यतिबेला उनले नायक अनमोल केसीको चर्चा गरेकी थिइन् । यसअघि भारत जाँदा उनले मन पर्ने नायक भनेर शाहरुख खानको नाम लिएकी थिइन् । khabarservice

You might also like

Comments are closed.