Nepal's First Video FM

पत्नीको देहान्तपछि मदन कृष्ण श्रेष्ठले फेसबुकमा लेखे यस्तो स्टाटस ! पढ्नुहोस् (हेर्नुहोस )

836

चैत्र २१, वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ यतिबेला पत्नी वियोगमा विक्षिप्त छन् । क्यान्सरपीडित उनकी पत्नी यशोदाको सोमबार राति उपचारका क्रममा मृत्यू भएको थियो ।

श्रीमतीको अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा मदनकृष्ण शोकाकुल बनेका थिए । बेलुकी उनले फेसबुकमा आफ्नो भावना व्यक्त गरेका छन् । उनले श्रीमतीको फोटो पोष्ट गर्दै लेखेका छन्-

सबैले माया मारेर के भो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्यार गर्ने

फेसबुकबाट मदनकृष्णलाई हजारौंले सहानुभूति दर्शाएका छन् । उनका सहकर्मी हरिवंश आचार्यले फेसबुकमा स्टाटस लेखेका छन्, ‘हामी सबै सधै‌ँ झैं मदन दाइको साथमा छौं ।’ onlinekhabar

You might also like

Comments are closed.