चैत २१, जनकपुर मटिहानी सडकखण्डको मटिहानी नगरपालिका ४ मा मंगलबार राती हत्या गरेर सडकपेटीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । हत्या गरी जुटको बोरामा राखेर फालिएको शव मटिहानी नगरपालिका २ बस्ने ३० वर्षकी पुनमदेवी दासको रहेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको नाम खुलाईएको छैन ।
परिवारले मंगलबार दिउँसो ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा जानकारी गराएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उज्यालो बाट
Comments are closed.