Nepal's First Video FM

युट्युब मुख्यालयमा गोलिकाण्ड मच्चाउने महिलाको खुल्यो रहस्य ! को हुन् यिनी पढ्नुहोस् ?

589

चैत २१, एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको युट्युबको मुख्यालयमा गोलिकाण्ड मच्चाउने महिला सामाजिक सञ्जालबाट रुष्ट रहेकी सक्रिय प्रयोगकर्ता नै रहेको खुलेको छ ।

ती महिलाले युट्युब मुख्यालयमा तीन जनामाथि गोली प्रहार गरेपछि आफूलाई नै गोली प्रहार गर्दै आत्महत्या गरेकी थिइन् । मंगलबार साँझ ३९ वर्षीया नासिम अग्डामले सान ब्रुनोमा रहेको युट्युव एक पुरुष र दुई महिलामाथि गोली प्रहार गरेकी थिइन् ।


सबैभन्दा पहिले एनबीसीले गोलिकाण्ड मच्चाउने महिलाको पहिचान खुलाएको थियो । नासिमले यसअघि अनलाइनमा युट्युबको नयाँ नीतिको आलोचना गर्नुका साथै आफ्नो भिडियोमाथि सेन्सरसीप गरेको आरोप लगाएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार नासिमले युट्युबका कर्मचारीमाथि गोली प्रहार गर्दा स्कार्फ र चस्मा लगाएकी थिइन् । यसअघि, गोली प्रहार गर्ने महिलाले आफ्नो प्रेमीलाई आक्रमण गरेको खबर आएकाले प्रहरीले यो घरेलु विवादको मामिला हुनसक्ने बताएको थियो ।

तर, अहिले उनी युट्युबबाट रुष्ट बनेकी युट्युबर रहेको खुलासा भएको छ । यता, नासिमले आफूलाई पशुअधिकारकर्मी र शाकाहारी बडिबिल्डर बताउने गरेकी थिइन् । उनको कयौँ युट्युब च्यानल र अन्य समाजिक सञ्जालको पेजहरु रहेका थिए ।

गत सन् २०१७ को जनवरीमा उनले युट्युबले आफ्नो भिडियोहरुलाई विभेद र फिल्टर गरेको भन्दै आक्रोश प्रकट गरेकी थिइन् । उनले युट्युबका कारण आफ्नो भिडियोहरुले कम आमदानी गरिरहेको पनि आरोप लगाएकी थिइन् ।

घटनापछि नासिमको युट्युब च्यानल र सामाजिक सञ्जालको पेज हटाइएको छ । प्रहरीका अनुसार गोली प्रहारबाट घाइते भएका ३६ वर्षीय पुरुष र ३२ वर्षीय महिलाको अवस्था गम्भिर रहेको छ भने २७ वर्षीय महिलाको अवस्था सामान्य रहेको छ ।

साभार रातोपाटी

You might also like

Comments are closed.