नयाँबाटो, पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । केहिदिन अघि उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भईन ।
अर्चनाले आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो राखिन र त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखिन । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी थिइन ।
फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका पनि दिए । केहीले चाहिँ थकथकी मानेका थिए । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी थिइन । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका थिए ।
अर्चनाका अनुसार उनका दुलाहा अमेरिकाको क्यालिफोर्निया निवासी उल्फ प्राइस भएको बताएकी थिइन । यद्यपि उल्फको फेसबुक प्रोफाइलमा भने अर्चनसँग बिहे गरेको तस्वीर भेटिदैनन । फेसबुकमा उल्फले आफूलाई ‘डाइरेक्टर’ भनेर चिनाएका छन् र क्यामरा बोकेको प्रोफाइल पिक्चर हालेका छन् । उनी दुब्लो ज्यानका देखिन्छन् ।
अब कुरा गरौँ उनको नयाँ स्टाटसको उनले लेखेकी छिन एक महिना अघि मैले विवाहा गरेँ भनेर पोष्ट गरेकी थिएँ तर त्यो बिवाह नभएर भ्यालेनटाईन डे को फोटो शुट थियो र मैलेमान्छेहरुको प्रतिकृया बुझ्न गलत समाचार सम्प्रेषण गरेकी थिए र मैले विवाह गरेकी छैन ।
मलाई क्षमा गर्नुहोला भन्दै यस्तो लेखेकी छिन । तर यो बिचमा अमेरिकन नागरिक सँगको हिमचिम बाक्लिदों थियो लाइभमै टाकनटुकन परेको कुरा पनि बेलाबेलामा खोल्थिन ।
आखिर जे भरपनि अर्चनाका पछिल्ना लाईभ भिडियो र गतिबिधि हेर्दा विधिवत बिवाह नभएपनि लिभिङ टुगेदर चाहिँ भएकै थियो भन्नेमा सायदै दुईमत होला । तर अर्चनाको नक्कली बिहे एक महिना पनि टिकेन ।
Comments are closed.