चैत २१, काठमाण्डौ । १४औँ एयु प्रिन्सेस कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली टोलीले ५ रजत र ६ कास्य गरि ११ पदक जितेको छ । थाइल्याण्डको बैँककमा आइतबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ क्रमसः ३६ केजीमा अर्जेश सिम्खडा, ५३ केजीमा राहुल गुरुङ र ५४ केजीमा वसन्त तामाङले रजत जितेका छन् । पुम्से हरियो पेटीको पुरुषमा शुभ सुबेदी र महिलामा माया पाण्डेले रजत हात पारे ।
पुरुष २७ केजीमा मुकेश पाण्डे, ३७ केजीमा सौरभ बस्नेत, ३० केजीमा अर्पण पाण्डे, पुम्से कालो पेटीमा राजेन्द्र डंगोल र राजकुमारी ठकुरीले कास्य जिते । महिला ४० केजीमा नम्रता कँडेलले कास्य जितेको टिम प्रशिक्षक अशोक खड्काले बताए ।
Comments are closed.