श्रीमतीको निधन संगै बिग्रदै मदनकृष्णको स्वास्थ्य, छातीमा ब्याट्री राखियो, रिमोटबाट चलाउनुपर्छ (भिडियो हेर्नुस्)
चैत, काठमाडौं । श्रीमती गुमाएका मदनकृष्णको आफ्नै स्वास्थ्य पनि कमजोर छ । उनी करिब ८ वर्षदेखि पार्किन्सन्स रोगसँग लडिरहेका छन् ।
पाँच वर्ष अगाडिजापानकी चिकित्सक ताकोमी ताहिरा नेपाल आएका बेला अन्नपूर्ण न्यूरो अस्पतालमा मदनकृष्णको शल्यक्रिया गरिएको थियो । सो शल्यक्रियाका लागि करिब २० लाख खर्च भएको थियो । शल्यक्रिया गरेर उनको टाउकोमा पेसमेकर राखिएको छ, जसको ब्याट्री छातिमा छ । प्रत्येक १–२ हप्तामा ब्याट्री चार्ज गर्नुपर्छ । प्रत्येक १० वर्षमा ब्याट्री फेर्नुपर्छ । पेसमेकर रिमोटबाट चल्छ । धेरै गाह्रो भयो भने रिमोटठले यसको लेभल बढाउन सकिन्छ ।
मदनकृष्णलाई हिँडडुल गर्न गाह्रो हुन्छ । हातगोडा काँप्छन् । खाना खाँदा चम्चा मुखमा लैजान गाह्रो हुन्छ ।
मदनकृष्ण खानपिनमा औधि सतर्क छन् । उनी भन्ने गर्छन्, ‘खानालाई औषधि जसरी तौलिएर खानुपर्छ, अन्यथा पछि औषधिलाई खानाजसरी खानुपर्ने हुन्छ ।’ laliguras
Comments are closed.