Nepal's First Video FM

मदनकृष्ण र स्व.यशोदाको आशु आउने प्रेमकथा,यसरी भएको रहेछ २ पटक बिहे ! पढ्नुहोस्

700

चैत्र २१, कुपण्डोलकै रैथाने, कट्टर ब्राह्मण अनि न्यायाधीश बाबुराम उपाध्याय सुवेदीको परिवारमा त्यो केवल रेडियोमा बजेको एउटा गीत थियो। जबकि, छोरी यशोदाको मनमा त्यही गीतले भुइँचालो ल्याइरहेको कसैलाईसुइँको थिएन।

मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो। महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।

‘सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे,’छेउमा काम गर्ने मानिस रोचक भइदिए जस्तै कामले पनि दिक्क बनाउँदैन। यी दुईलाई त्यस्तै भयो। ‘जीवनमा पहिलोपटक कुनै युवती मन परिरहेको थियो,’ उनी भन्छन्, ‘यिनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।’

मदनकृष्ण र स्व.यशोदाको आशु आउने प्रेमकथा, पुरा भिडियोमा हेर्नुहोस अन्तर्जातीय बिहेका कारण यसरी २ पटकसम्म बिहे गर्नु पर्यो
ललिगुराश

You might also like

Comments are closed.