Nepal's First Video FM

न्यायाधीश चालिसेलेको संवैधानिक इजलासमा काम शुरु

387

चैत २१, सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले बुधबारदेखि संवैधानिक इजलासमा काम शुरु गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो ।

बुधबारदेखि संवैधानिक इजलास शुरु भएको छ । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहेका छन् ।

सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने व्यवस्था छ । संवैधानिक इजलाशले संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलामा करीब ४ सय भन्दा बढी मुद्दा रहेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.