Nepal's First Video FM

सुर्खेतमा बुद्ध एयरको सफल परिक्षण, नयाँ वर्षदेखी सुर्खेत-काठमाडौं नियमित उडान हुने

574

चैत २१, आगामी बैशाख महिनादेखि नियमित रुपमा सुर्खेतदेखि काठमाडौंसम्मको सिधा हवाई उडान सुरु हुने भएको छ ।

बुधबार बुद्ध एयरको ४७ सिटे मध्यम जहाजले सफल परीक्षण उडान गरेपछि सुर्खेत–काठमाडौं नियमित सिधा हवाई उडान हुने भएको हो । सुर्खेतमा पहिलोपटक ठूलो जहाज अवतरण भएको हो ।

विमानस्थलको धावनमार्ग लगायत अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु अव सुर्खेत विमानस्थलमा सहजतापूर्वक अवतरण हुने भएकोले बुद्ध एयरले बैशाख १ गतेदेखि सुर्खेत काठमाडौं नियमित सिधा उडान गर्ने जनाएको छ ।

जहाजका क्याप्टेन रञ्जनकुमार शर्माले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न र ४७ सिटसम्मको जहाज अवतरण गर्न कुनै समस्या नभएको बताए ।

बिहान १० बजे बुद्ध एयरको ४७ सिटे ९ एन—एआइएन जहाज प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले ४७ सिटे जहाज अब सुर्खेतबाट संचालन गर्न सकिने बताउनुभयो ।

बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बैशाख १ गतेदेखि सुर्खेत–काठमाण्डौँ नियमित रुपमा जहाँज संचालन गरिने बताए । उनले सुर्खेतदेखि काठमाण्डौँ सम्मको हवाई भाडादर बढीमा ६ हजार पाँचसयसम्म तोकिने जानकारी दिए ।

विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा ढुक्क भएको बताए । उनले नियमति उडानका लागि आफुहरु सक्षम भएको भन्दै भौतिक पुर्वाधारले पनि यत्तिको उडान धान्न सक्ने बताए । उनले नेपाल बायु सेवा निगमले पनि सुर्खेत काठमाडौं उडानको तयारी गरिरहेको जानकारी दिए ।

radionrn.com

You might also like

Comments are closed.