Nepal's First Video FM

५ नं. प्रदेशलाई पर्यटन र कृषि केन्द्र बनाउछु : मुख्यमन्त्री पोखरेल

426

चैत २१, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताएका छन् । रिपोर्टर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेश पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताए ।

उनले भने-“पाँच नं प्रदेश सबै किसिमले धनी छ, कृषि र पर्यटनको मात्र विकास गर्न सकियो भने यो प्रदेश समृद्ध हुन सक्छ, हाम्रो पहिलो प्रयास पनि यही हुनेछ ।” अर्को प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुने बताए । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.