Nepal's First Video FM

धुर्मुसले किन बनाउदै छन् अन्तरास्ट्रिय क्रिकेट रंगसाला ! खुल्यो एस्तो रहस्य !

606

चैत्र २१,प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सम्भावित स्थानको पहिचान गर्न विभिन्न जिल्लामा पुगेको सितारम कट्टेल ‘धुर्मुस’को टोली काठमाडौं फर्किएको छ ।

अवलोकन गरिएका स्थानहरुको प्राविधिक विश्लेषण पश्चात अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आर्इसीसी) को मापदण्डलाई समेत ध्यानमा राखेर सकेसम्म चाँडो निर्णय लिइने धुर्मुसले बताएका छन् ।

टोलीले रुपन्देही, चितवन र हेटौंडामा रहेका जग्गाहरुको स्थलगत अवलोकन गरेको थियो । यसैगरी काठमाडौं फर्किने क्रममा चोभारमा रहेको सरकारी जग्गाको कुरा आएपछि त्यो पनि हेरिएको छ । त्यसअघि काठमाडौंको मुलपानी, कीर्तिपुर तथा भक्तपुरमा हेरिएको थियो ।

यीनै मध्ये एउक ठाउँमा रंगशाला बन्ने धुर्मुस बताउँछन् । ‘अब सम्भवतः थप जग्गा हेर्दैनौं’ उनले भने, ‘यही मध्ये एउटा छनोट गर्ने हो ।’

हेरिएका सबै जग्गाहरु रंगशाला निर्माणका लागि उपयुक्त देखिएको बताउँदै उनले खेलकुद सम्वद्ध सरकारी निकाय, क्रिकेट खेलाडीहरु लगायत सबै पक्षसँग बसेर निर्णयमा पुग्ने जानकारी दिए । ‘माग त सबैतिरका जनताको उत्तिकै छ तर, बनाउने एउटा मात्रै हो’ धुर्मुस भन्छन्, ‘मलाई आशा छ, जुन स्थान छनोट गरे पनि सबै जनताले साथ दिनु हुनेछ ।’

अघि भने, ‘सबैलाई हतारो छ, सबैभन्दा बढि हतारो हामीलाई नै छ । तर, त्यसो भन्दैमा हचुवामा निर्णय लिनु उपयुक्त हुँदैन । आज हतारमा गरेको निर्णयले भोलि पछुताउनु नपरोस् भन्नेमा सजक छौं ।’

जिल्ला-जिल्लामा स्वागत

स्थलगत अवलोकनका लागि जाँदा धुर्मुसको टोलीले स्थानीय जनताको न्यानो स्वागत र माया पायो ।

जहाँ पुग्यो, त्यही ठूलो भीड जम्मा हुन्थ्यो । धुर्मुस भन्छन्, ‘क्रिकेटको यत्रो क्रेज होला भन्ने मैले कल्पनै गरेको थिइनँ । क्रिकेट रंगशालाका लागि जनताको उत्सुकता र आतुरता देखेर म नतमस्तक भएँ । ठूलो उर्जा र हौसला बोकेर फर्किएको छु ।’

धुर्मुस सुरुमा काठमाडौंबाट भैरहवा गएका थिए । त्यहाँको विमानस्थलमा रातिसम्म मानिसहरु प्रतिक्षामा बसेका रहेछन् । त्यो भीडमा युवा मात्र होइन, बुढाबुढीदेखि बच्चाबच्चीसम्म थिए ।

टोलीले सैनामैना नगरपालिकामा रहेको ६५ विगाह जग्गा अवलोकन गरेको थियो । सैनामैनाका मेयरले यो जग्गामा रंगशाला बनाउन प्रस्ताव गरेका छन् ।

यसैगरी भैरहवामा रहेको सिद्दार्थ रंगशालालाई स्तरोन्नति गर्न सकिन्छ कि भनेर टोली त्यहाँ पनि पुग्यो । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग टोलीले भेटघाट गर्‍यो । मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा आउने भए सबै सहयोग गर्ने तत्परता व्यक्त गरेका थिए ।

धुर्मुसको टोलीले भरतपुर चितवनमा रहेको महानगरपालिकाद्वारा प्रस्तावित चितवन रंगशाला हेर्‍यो । त्यो जग्गा धेरै दृष्टिकोणले उपयुक्त ठहर्‍याइएको छ । वरिपरीको सुन्दरताले धुर्मुस उत्साहित बनेका छन् ।

त्यहाँ तुरुन्तै काम थाल्न सकिने अवस्था छ । तर, पछि अन्तर्राष्ट्रिय विमानस्थलको अभाव खट्किन सक्ने चिन्ता छ ।

त्यसपछि प्रदेश ३ का मुख्य सचिव डोरमणि पौडेलको आग्रहमा टोली हेटौंडा पुगेको थियो । त्यहाँ २४ विगाह सरकारी जग्गा कम्पाउन्डले घेरेर राखिएको रहेछ । तर, वरपर ठूला होटलहरु नहुनु र विभानस्थलको अभावले देखिएको छ ।

अहिलेसम्म हेरिएका मध्येबाट छनोट गर्दा काठमाडौंको मुलपानी वा चितवनमध्ये एक रोजिने सम्भावना प्रबल देखिएको छ । onlinekhabar

You might also like

Comments are closed.