Nepal's First Video FM

स्वास्थ्य चौकीमा एक किशोरी माथि बलात्कारको प्रयास

529

रामेछाप – स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुगेकी एक किशोरीमाथि अहेबले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । चैत्र १२ गते एसईई परीक्षा दिन गुन्सी परिक्षा केन्द्रमा गएकी वेथानकी ती किशोरी बिरामी भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी थिइन् ।

तर उपचारको सट्टा अस्पताल पुगेकी ती किशोरीलाई अस्पतालका अहेबले जबरजस्ती करणी गरेपछि पिडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।

पीडितको जाहेरी दर्तापछि अहेब राकेश दाशलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.