Nepal's First Video FM

किन गरे बाबुराम भट्टराईले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार ?खुल्यो यस्तो रहस्य

767

२२ चैत्र,प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भ्रमणबारे सल्लाह सुझाव लिन बोलाएको बैठक नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिष्कार गरेका छन्।

बुधबार अपरान्ह बोलाएको बैठकमा सबै पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति थियो । तर, भट्टराई भने काठमाडौंमै भएरपनि गएनन् ।ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन बुधबार आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भिरतापूर्वक लिएको बताए ।

बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएको बताए ।

You might also like

Comments are closed.