Nepal's First Video FM

बर्दिबासका कृषक प्रांगारिक खेतीतर्फ आकर्षित

594

१७ माघ, महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् ।

तरकारी, तेलहन, उखु लगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दै आएका छन् ।

गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा राखेर बनाइएको मलले उत्पादन बढाउने स्थानीयवासी चन्देश्वर राय दनुवार बताउँछन् ।

चाहिने बेलामा रसायनिक मलको हाहाकार हुने हुँदा आफूहरु प्रांगारिक खेतीतिर लागेको उनको भनाइ छ । किरा नियन्त्रणका लागि गहुँत, खरानी र पानी छर्कने विधि अपनाइएको दनुवारले बताए ।

बर्दिवास–९ पशुपतिनगरका ब्रह्मदेव महतो प्रांगारिक खेती शुरु गरेपछि उत्पादन बढ्दै गएको बताउँछन् । बर्दिवासमा उद्योगबाटै उत्पादित प्रांगारिक मलको बिक्री वितरण बढेको छ ।

You might also like

Comments are closed.