केम्ब्रिज एनालिटिका नामक एक राजनीतिक परामर्श संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण अनधिकृत रुपमा दुरुपयोग गरेको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ । ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेको जनाइएको छ ।
फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताउनुभएको छ । यसअघि सो संस्थाले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको बताइएपनि पहिलेभन्दा निकै बढी विवरण दुरुपयोग भएको पाइएको फेसबुकले जनाएको छ । जुकरवर्गले फेसबुकलाई सुरक्षित बनाउन थप काम गर्ने र आफ्नो जिम्मेवारीको दायरा समेत बढाउने बताउनुभएको छ । प्रयोगकर्ताका सूचना चुहावट हुने फिचर बन्द गरिसकेको भएपनि फेसबुकलाई कसरी प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्तामा निर्भर रहने भएकाले यसमा सचेत बनाउने जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो ।
फेसबुकमा राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ भन्नेबारे पनि फेसबुकका अधिकारीहरुले सचेत गराइरहेको भन्दै पछिल्लो प्रकरणका विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको जुकरवर्गले जानकारी दिनुभयो । केम्ब्रिज एनालिटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित भएको थियो । निर्वाचनताका सो कम्पनीले अमेरिकी मतदाताका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो । ekantipur
Comments are closed.