Nepal's First Video FM

नाम कमाएका तर दाम कमाउन नसकेका बुद्द लामामिडिया सामु आएर यस्तो भन्छन्

690

नेपाल आइडलको सेकेन्ड सिजन सुरु हुँदै गर्दा पहिलो सिजनका विजेता बुद्ध लामाले आफ्नो असन्तुष्टी बाहिर ल्याएका छन् । उनले नेपाल आइडल बनेर नाम कमाए पनि दाम कमाउन नसकेको गुनासो गरे ।

‘यत्रो देश घुमिसकेँ, कत्ति न पैसा कमायो भनेर मानिसहरुले सोच्दा हुन्,’ उनले भने, ‘तर, मेरो गोजीमा एक रुपैयाँ परेको छैन ।’नेपाल आइडलका टप थ्रिले अहिलेसम्म ६ वटा देशको भ्रमण गरेर दर्जनौं कन्सर्टहरु गरिसकेका छन् । तर, यी कन्सर्टहरुमा भाग गीत गाएवापत एक रुपैयाँ पनि आफूहरुले नपाउने बुद्धले बताए ।

खाने बस्ने खर्च भने टेलिभिजनले व्यहोर्ने गरेको छ ।

You might also like

Comments are closed.