२०७४, माघ ९ गते मंगलबार, माघ शुक्ल षष्ठी, रेवती नक्षत्र, शिव/सिद्धियोग, मीनमा चन्द्रमा
मेषः दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
वृषः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
मिथुनःदिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ उत्कृष्ट मान सम्मान पाइनेछ ।
कर्कटःदिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । स्वास्थ्य निकै सबल रहनेछ । सहयोग पाइनेछ । मन प्रफुल्ल हुनेछ ।
सिंहःदिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
कन्याःदिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ ।
तुलाःदिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ ।
वृश्चिकःदिन सार्थक रहनेछ । मनमा चिन्ता निकै कम हुनेछ । शरीर स्वस्थ रहने । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
धनुःदिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुने देखिन्छ ।
मकरःदिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ ।
कुम्भःदिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । शरीर पनि निकै तन्दुरुस्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीनः दिन भाग्यवर्धक रहनेछ ।पढाइ लेखाइले गति लिनेछ । मनोबल उच्च हुनेछ । उच्चस्तरीय कार्यक्रमा सहभागी भइनेछ ।
Comments are closed.