२२,चैत्र । नेकपा एमाले र माओवादी केन्द्रले वैशाख ९ गते एकीकृत कम्यूनिष्ट पार्टी घोषणा गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको सुझावअनुसार नै बैशाख ९ गते अर्थात् अप्रिल २२ मा एकता घोषणा गर्ने निर्णय गरेको हो ।
अप्रिल २२ नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती हो । एकीकृत कम्यूनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मात्रै राख्न सहमत भएका दुवै दलले लेनिन जयन्तीमा पार्टी एकता गर्न लागेका हुन् ।
एकता घोषणाको मिति यकिन गरेपनि दुई दलबीच केन्द्रीय निकायमा प्रतिनिधित्वको अनुपात, चुनाव चिन्ह र ‘जनयुद्ध’ शब्दबारे विवाद छ । सहमति हुन बाँकी रहेका विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारतबाट फर्किएपछि छलफल गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले पार्टी एकताको आन्तरिक तयारी गर्न दुवै दललाई निर्देशन पनि दिएको छ । यसअघिकै सहमतिअनुसार एकीकृत पार्टीको नेतृत्व एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा गर्नेछन् ।
Comments are closed.