भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ।
खानले दुइटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा मारेका थिए।
उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।
खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।
पुनरावेदन
तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।
खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भइ कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।
यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।
निर्दोष
जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो।
सन् १९९८ मा ‘हम साथ साथ हें’ चलचित्रको छायाङ्कनका बेला जनावरको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको हो।
यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए।
bbc बाट साभार
Comments are closed.